+
+

गणेशमानका ‘धर्मपुत्र’ले जनअान्दाेलन पदक अस्वीकार गरे

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २६ गते ७:४९

PL singh२६ कात्तिक, काठमाडौ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा एवं गणेशमान सिंहका धर्मपुत्र पीएल सिंहले जनआन्दोलन स्वर्णपदक बहिष्कार गरेका छन् ।

सिंहले २०६२/०६३सालको आन्दोलनको उपलब्धी भनेर जेलाई कांग्रेसले स्वीकार गरेको थियो, त्यसले २०४६ सालमा गणेशमान सिंह नेतृत्वमा भएको आन्दोलनको उपलब्धी अस्वीकार गरेकाले उक्त सम्मान बहिष्कार गरेको जानकारी आफूले निर्णायक  मण्डललाइ गराएको बताए ।

उनले जनआन्दोलनको जुरीलाई भनेका थिए, ‘यो अवार्ड स्वीकार गर्नु भनेको मेरो प्रजातन्त्रवाद र संविधानवाद अनि २०४६ सालको उपलब्धीहरु विरुद्ध सम्झौता गर्नु हो, वर्तमान अराजकतालाई प्रोत्साहित गर्नु हो ।’ पदकको जुरीमा पूर्व सभामुख दमननाथ ढुंगाना, कांग्रेस नेता प्रदीप गिरी र होमनाथ दाहाल थिए । पदकमा एक तोला सुन र तीन तोला चाँदी छ ।

उनले बहिष्कार गरेपछि पत्रकार हरिहर विरहीले उक्त पदक प्राप्त गरेको अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?