+
+
Shares

सोसल मिडिया : अभिभावकको लागि सबैभन्दा ठूलो आतंक

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २८ गते ९:४४

social-media-user

आफ्ना छोराछोरीमा बढ्दै गएको साइटको प्रयोग अभिभावकका लागि सबैभन्दा ठूलो त्रासको विषय बन्दै गएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको डिजिटल सेफ्टी ग्रुप, फेमिली अनलाइन सेफ्टी इन्स्िटच्युटले गरेको सर्भेक्षणले बालबच्चाको अनलाइनमा हुने अन्य गतिविधिको तुलनामा सोसल मिडियाको प्रयोगलाई लिएर अभिभावकहरु सबैभन्दा बढि गम्भीर तथा चिन्तित हुने गरेको पाइएको छ ।

सर्भेक्षणका अनुसार सोसल मिडियामात्र यस्तो एक अनलाइन गतिविधि तथा प्रविधि हो जसलाई अभिभावकहरुले फाइदा भन्दा घाटा धेरै रहेको वा फाइदा र घाटा बराबर भएको विषयका रुपमा लिने गरेका छन् ।

छोराछोरीले सोसल मिडियाको प्रयोग गर्ने छोराछोरीहरुका ४३ प्रतिशत अभिभावकले आफ्नो सन्तानले सोसल मिडिया प्रयोग गर्दा त्यसको सकारात्मक भन्दा नकारात्मक असर बढि हुने बताएका छन् । ३१ प्रतिशतले भने सोसल मिडिया प्रयोगको सकारात्मक तथा नकारात्मक पक्ष बराबर हुने बताएका छन् । केवल २६ प्रतिशत अभिभावकले मात्र आफ्ना सन्तानले सोसल मिडिया प्रयोग गर्दा जोखिम भन्दा फाइदा नै बढि हुने ठानेका छन् ।

त्यस्तै सोसल मिडिया प्रयोग नगर्ने छोराछोरीका अभिभावक मध्ये ६३ प्रतिशतले समेत सोसल मिडियाको फाइदा भन्दा जोखिम उच्च रहेको बताएका छन् ।

अध्ययन अनुसार ७८ प्रतिशत अभिभावकले आफ्ना सन्तानको फेसबुक अकाउण्ट बेलाबेलामा चेक गर्ने गरेका छन् र छोराछोरीले फेसबुकमा गर्ने गतिविधिमा निगरानी राख्ने गरेका छन् । तर आफ्ना छोराछोरीको उमेर बढ्दै जाँदा उनीहरुको फेसबुक अकाउण्टको चेकजाँच गर्ने तथा फेसबुकजन्य गतिविधिमा निगरानी गर्न कठीन हुँदै जाने अनुभव अभिभावकहरुको छ ।

आफ्ना सन्तानहरुले सोसल साइट प्रयोग गरेकोमा चासो व्यक्त गर्नेमध्ये तीन चौथाइ अभिभावकहरुको मुख्य चासोको विषय छोराछोरीले अनलाइनमा गलत तथा नकारात्मक विषयवस्तु हेर्लान् वा आफ्ना सन्तानको अनलाइन गतिविधिलाई कम्पनीहरुले व्यवसायिक प्रयोजनका लागि उपयोग गर्लान् भन्ने हो ।

अझ रोचक कुरा त के भने स्मार्टफोन प्रयोग गर्ने छोराछोरीका लागि ७१ प्रतिशत अभिभावकले विशेष हदबन्दी लगाइदिएका हुन्छन्, खासगरी म्यासेज पठाउने मामिलामा । उनीहरुले छोराछोरीले पठाएका वा पाएका टेक्स्ट म्यासेज चेक गर्ने र कतिवटा म्यासेज पठाउन मिल्ने भन्ने पावन्दी समेत लगाइदिएका हुन्छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?