+

पहिलो दिन सोमपालले ३ विकेट लिए

२०७१ कात्तिक  २८ गते १९:४९ २०७१ कात्तिक २८ गते १९:४९
पहिलो दिन सोमपालले ३ विकेट लिए

nepal-Vs-srilanka-11

२८ कात्तिक, काठमाडौं । श्रीलंका कम्बाइन ११ सँगको तीनदिवसीय क्रिकेटको पहिलो दिन नेपालले राम्रो प्रदर्शन गरेको छ ।  नेपालले ५ विकेट लिएको छ र श्रीलंका कम्बाइन ११ ले ३४ ओभरमा १०१ रन बनाएको छ ।

नेपाललाई पहिलो सफलता सोमपाल कामीले दिलाए । श्रीलंकाको स्कोर २१ हुँदा सोमपालले धर्मश्रीलाई मात्र ११ रनमा सागर पुनको हातबाट क्याच गराए ।

थप दुई रन जोड्दा श्रीलंकाले मदुमाललाई आउट गर्दै सोमपालले दोस्रो विकेट लिए । नेपाललाई तेस्रो विकेट पनि सोमपालले नै दिलाए । उनले जयथिलकेलाई मात्र २ रनमा पभेलियनको बाटो देखाएका थिए ।

चौथो विकेट भने करण केसीले लिए । उनले मधुसन्कालाई ९ रनमा आउट गरे, जतिबेला श्रीलंका कम्बाइन ११ को स्कोर ३६ रन थियो । अमृत भट्टराईले पाँचौं विकेटका रुवमा १७.२ ओभरमा सनजीवनलाई ११ रनमा आउट गरे ।

श्रीलंका कम्बाइन ११ का लाहुरु जयारत्ने ३५ र ज्ञमान थिलके १५ रनमा अविजित छन् । सोमपालले सुरुवाती ३ विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ३१ रन दिए ।

श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो तीनदिवसीयमा कुरुनेगाला कम्बाइन ११ सँग हार व्यहोरेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय