Comments Add Comment

होसियार ! घरमै आइपुग्ला फालेको फोहर

३० कात्तिक, काभ्रे । फोहोर फालेरै आजित बनेपछि बनेपाको एक टोलका समुदायले फोहोर रोक्न सीसी क्यामेरा जडान गरेका छन् । जथावाभी फोहोर फाल्ने कार्य रोक्न उनीहरुले सीसी क्यामेरा जडान गरेका हुन् ।

अब उनीहरुले कसैले फोहोर फालेको देखेमा घरमै पुगेर सार्वजनिक रुपमै अपमान तथा दुई हजारसम्म जरिवाना समेत तिराउनेछन्, राजधानी दैनिकमा खबर छ ।

जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाको घनाबस्तीको रुपमा विकास भएको बनेपा नपा-३ र ४ नयााबस्तीका स्थानीयले सिसी क्यामेरामार्फत अनुगमन थालेको हो ।

टोलभरी जनचेतनामूलक कार्य सुरु गरेपनि फोहोर फाल्नेक्रम नरोकिएपछि दुबै वडाले संयुक्त रुपमा सीसी टिभीमार्फत अनुमगन बढाएको हो । ‘सुरुमा सिसी क्यामेरा जोडेर त्यसमा कोही दोषी देखिएमा दुई हजार रुपैयासम्मको कार्वाहीको निर्णय सुनाएका छौं’ स्थानीय राजाराम गौतमले भने ।

उनले पटक पटक आग्रह गर्दापनि कसैले नमानेपछि बााध्य भएर सिसि क्यामेराको सहयोग लिनु परेको बताए । ‘सुरुमा सफाई गरेर अब फोहोर रोक्न क्यामेराको सहायता लिएका छौ’ गौतमले थपे ।

पटक-पटक फोहोर उठाउन नगरपालिकालाई आग्रह गरेपनि नमानेपछि आजित भएर नयाा निर्णय गरेको गृहिणी एंव स्थानीय शिक्षिका सबिता अधिकारीले बताइन् ।

‘घरवाट निस्कने बित्तिकै नाक छोप्नु पर्ने अवस्था हटाउन सबैले नयाा निर्णयमा सहमती जनाऔं’उनले भनिन् । सहरको टोलमा पनि जान नमान्ने नगरपालिकाले संचालन गरेको ट्याक्टर सेवा भन्दा आफैले टोल सफा पार्ने अभियान लिएर सीसी क्यामेरावाट निगरानी बढाएको अधिकारीले सुनाइन् ।

नगरपालिकालाई पटक-पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि नियमित रुपले फोहोर नउठेपछि ध्यानकुटी बिहार क्षेत्र दुर्गन्धित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment