Comments Add Comment

हर्षिकासँग ‘मिस्टेक’ गर्ने तयारीमा निर्मल

nirmal-century
मंसिर १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टेक’को निर्माणपक्षले यसको प्रचार सुरु गरेको छ । प्रदर्शन दिन नजिक आउँदा यसका कलाकार पनि यसको प्रचारमा व्यस्त देखिएका छन् । चलचित्रका मुख्य पात्र निर्मल सेञ्चुरी आफू ज्यादै आशावादी रहेको बताए ।

‘एक्सन र रोमान्स’ चलचित्रका मुख्य पाटो भएको उनको तर्क छ । चलचित्रमा निर्मलसँगै नायिका हर्षिका श्रेष्ठले रोमान्स गरेकी छिन् । अन्य चलचित्रबाट आफूलाई दर्शकले एक्सन हिरोको रुपमा रुचाएको भन्दै निर्मलले ‘मिस्टेक’बाट पनि यस्तै आशा व्यक्त गरे ।

चलचित्रको सार्वजनिक गरिएको ट्रेलर र गीतमा हर्षिका र निर्मलको जोडीलाई रुचाइएको निर्देशक ऋषिराज आचार्यले बताए । चलचित्रलाई सुवास थरराइले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment