Comments Add Comment

बालुवामा टाउको गाडेर प्रधानमन्त्री विरुद्ध अनौठो विरोध प्रदर्शन (फोटोफिचर सहित)

g201विरोध प्रदर्शनको शैली पनि कस्तो अचम्मको ? हुँदाहुँदा मान्छेले बालुवामा टाउको गाडेर समेत आन्दोलन गर्न थालेका छन् ।

अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित सामुदि्रक तथ बोन्डी बिचमा यस्तै प्रदर्शन भएको छ । झण्डै २ सय जना मानिसहरु बिहिबार समुद्रतटको बालुवामा टाउको गाडेर प्रदर्शनमा उत्रिए ।

AUSTRALIA-G20-ENVIRONMENT-CLIMATE-PROTEST-BONDI-OFFBEAT

बि्रसबेनमा चलिरहेको जि ट्वान्टी शिखर सम्मेलनका लागि विश्वका नेताहरु अस्ट्रेलिया आएको मौका पारेर वातावरणकर्मीहरु यस्तो अनौठो हर्कतमा उत्रिएका हुन् ।
जलवायु परिवर्तन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न दबाब दिने उद्धेश्यले उनीहरुले यस्तो प्रदर्शन गरेको बताइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री टाेनी एबटले जि ट्वान्टी सम्मेलनका बेला जलवायु परिवर्तनको विषयलाई समावेश नगर्ने निर्णयको विरोधमा प्रदर्शनकारीहरुले बालुवामा टाउको गाडेर सांकेतिक विरोध गरेका हुन् ।

AUSTRALIA-G20-ENVIRONMENT-CLIMATE-PROTEST-BONDI-OFFBEAT

सबैभन्दा जल्दोबल्दो जलवायु परिवर्तनको विषयलाई सम्मेलनमा समावेश नगराउने एबटको टाउको साँच्चीकै बालुवामा गाडिएको हुँदा उनले मुख्य विषय देख्दै नदेखेको प्रदर्शनकारीहरुले बताए ।

एबटले अस्ट्रेलियाली जनताको भावनालाई सम्मेलनमा प्रतिनिधित्व नगरेको भन्दै जलवायु परिवर्तनका विषयमा प्रधानमन्त्रीले कुरा नराखेपनि यसलाई मुख्यरुपमा उठाइयोस् भन्नका लागि ध्यानाकर्षणस्वरुप बालुवामा टाउको गाडेर प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भनाइ छ ।

g205

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment