Comments Add Comment

नेकपाको एकता आकस्मिकरुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली

Photo Credit : PM PRESS

८ चैत, भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् ।

रुपन्देहीको भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘स्थानीय तहको एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।’

सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको बताउँदै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा आउन अपील गरे । विप्लव समूहले विध्वंसात्मक गतिविधि नछाडेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘विप्लवलाई त्यसो नगर्नू भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशको हितमा छैनन् ।’

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी पनि उनले दिए । प्रधानमन्त्री ओलीले निर्माणाधीन विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment