Comments Add Comment

पहिलो पटक ४४ करोड उठ्यो स्वास्थ्य सेवा शुल्क

Tax१ मंसिर काठमडौं ।  सरकारले स्वास्थ्य क्षेत्रमा लगाइएको स्वास्थ्य सेवा शुल्कबाट पहिलोपटक आर्थिक वर्ष २०७०/०७१ मा ४४ करोड रुपैयाँ राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागका अनुसार  हालसम्म यस्तो कर उठेको थिएन ।

त्यसैगरी शिक्षा क्षेत्रमा लगाइएको शिक्षा सेवा शुल्क पनि गत वर्ष बढेर ४३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०६७/०६८ मा १८ करोड, ०६८/०६९मा २२ करोड र ०६९/०७० मा यस्तोा शुल्क ३२ करोड रुपैयाँ उठेको थियो ।

विभागका अनुसार गत वर्ष ७७ अर्ब ९३ करोड रुपैयाँ आयकर उठेको छ । अघिल्लो वर्ष यस्तो कर ६७ अर्ब रुपैयाँ उठेको थियो । आर्थिक वर्ष २०६४/०६५ मा यस्तो कर १९ अर्ब ५७ करोड रुपैयाँ थियो ।

त्यस्तै, आन्तरिक मुल्य अभिवृद्धि कर र आन्तरिक अन्तशुल्क संकलन पनि बढेको छ । गत आवमा आन्तरिक मुल्य अभिवृद्धि कर ३४ अर्ब ३८ करोड रुपैयाँ उठेको छ । अघिल्लो वर्ष यस्तो कर २८ अर्ब ४९ करोड रुपैयाँ मात्रै उठेको थियो । त्यसैगरी अघिल्लो वर्ष २२ अर्ब ६ करोड रुपैयाँ रहेको आन्तरिक अन्तशुल्क गत वर्ष बढेर ३४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

आन्तरिक राजस्व विभागले गत वर्ष कूल १ खर्ब ४० अर्ब ५८ करोड रुपैयाँ रााजस्व उठाएको थियो । यो कूल राजस्वको ३८ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment