+
+
Shares

आईसीयूमै अन्तर्वार्ता लिएकोप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रेस काउन्सिल नेपालले रसुवा बाढीपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ।
  • काउन्सिलले इन्साइड द बंकर युट्युब च्यानल र बीबीसी नेपाली सेवाका सामग्रीबारे पत्रकार आचारसंहिताअनुसार थप अध्ययन र अनुगमन गरिरहेको जनाएको छ।
  • काउन्सिलले सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिललाई ध्यानाकर्षण पत्र पठाएको जनाएको छ।

२९ भदौ, काठमाडौं । प्रेस काउन्सिल नेपालले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्ति जारी गरी रसुवा बाढीमा माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोथजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग अन्तर्वार्ता लिई इन्साइड द बंकर नामक युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

त्यस्तै काउन्सिलले बीबीसी नेपाली सेवाले पनि सगरमाथामा सम्पर्कविहीन भएको सातौं दिनमा फेला परेका एक पदप्रदर्शकको अस्पतालमा उपचार गरिरहेकै अवस्थामा आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा पनि जानकारी आएको उल्लेख गरेको छ।

काउन्सिलले ती सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन, अनुगमन गरिरहेको जनाएको छ।

यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पनि ध्यानाकर्षण पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?