+
+

बिजनेस युनिभर्सलको चुक्ता पुँजी ९३ करोड पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २ गते ११:५६

Business-Universal-Bank

२ मंसिर, काठमाडौं । बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकको ११.५८ प्रतिशत लाभांश स्वीकृत भएको छ ।

बैंकका अध्यक्ष मिलन कुमार वैद्यको अध्यक्षतामा सम्पन्न एघारौं वाषिर्क साधारणसभाले सञ्चालक समितिको ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ९३ करोड ४६ लाख ९० हजार रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ८४ करोड २० लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७०/७१ मा ५ करोड २१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बैंकले चालु आवको असोज मसान्तसम्ममा ५ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।

राजधानीको अनामनगरमा प्रधान कार्यालय रहेको यस बैंकका १२ वटा शाखा कार्यालय सञ्चालनमा छन् । बैंकका काठमाडौंको न्युरोड र कान्तिपथ, पोखराको न्युरोड, बिरौटा, बुद्धचोक र सभागृह चोकमा, तनहुँको दमौली, सुनसरीको धरान, मोरङको विराटनगरा, चितवनको नारायणगढ र रुपन्देहीको बुटवलमा शाखा रहेका छन् ।

बैंकले ग्राहकहरुलाई समय सापेक्ष आधुनिक बैंकिङका सेवाहरु एटिएम सेवा, इन्टरनेट बैंकिङ सेवा, निःशुल्क एबीबीएस सेवा, मोबाइल बैंकिङ सेवा, एसएमएस बैंकिङ सेवा तथा लकर सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?