+
+

‘हरेक निर्वाचन क्षेत्रमा २ सय युवालाई रोजगार’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २ गते ११:३२

२ मंसिर, कावासोती । उद्योग मन्त्री महेश बस्नेतले प्रत्येक निर्वाचन क्षेत्रमा दुई सय युवालाई रोजगारी दिने औद्योगिक ग्राम बनाउन आफू लागिपरेको बताएका छन् ।

रोजगारी नहुँदा दैनिक एक हजार ५ सय युवा बिदेशिरहेकाले मन्त्रालयले उनीहरुलाई लक्षित गरी रोजगारीको अवसर सिर्जना गर्ने काम अगाडि बढाएको हो ।

‘दुई सय ४० निर्वाचन क्षेत्रमा दुई सयका दरले युवालाई रोजगारी दिने खाका बनाइरहेको छु,’ मन्त्री बस्नेतले एमाले निकट उद्योगी व्यवसायीको भेलालाई मंगलबार नवलपरासीमा सम्बोधन गर्दै भने ।

सरकारले सीपमूलक र प्रविधियुक्त शिक्षामा लगानी गर्नु पर्नेमा पनि उनले जोड दिए ।

‘औद्योगिक प्रशिक्षण केन्द्रमार्फत देशका १४ ठाउँमा प्रशिक्षण केन्द्र स्थापना गरेर युवालाई सीप सिकाउँछौं अनि त्यसलाई नै राष्ट्र निर्माणमा लगाउँछौं,’ मन्त्री बस्नेतले भने ।

उनले यसपटक उखुको मूल्य समयमै तोकिने दावी गर्दै उनले त्यसका लागि योजना शाखाका सहसचिवलाई निर्देशन दिइसकेको जानकारी पनि दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?