+
+

भैंसी किन्दा गाविसलाई कर !

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते ८:१८

buffalo
३ मंसिर, गोरखा । गोरखाको पालुङटार गाविस ९ ठाँटीपोखरीका मधु न्यौपानेले गत असोज २७ गते तनहुँको बाइसजंगारमा ६० हजार रुपैयाँमा भैंसी किने । भैंसी डोहोर्‍याएर गाउँ छिर्दै गर्दा गाविस कर्मचारीले उनीहरुसँग रकम मागे । भैंसी किनेबापत १ हजार रुपैयाँ कर नबुझाएसम्म उनलाई अघि बढ्र्न दिइएन ।
कात्तिक २० गते पालुङटारबाट दुहुनो भैंसी किनेर तनहुँ लैजाँदै गरेका डिपी अधिकारी पनि त्यस्तै सम्स्यामा परे । व्यक्तिगत प्रयोजनका लागि किनेको भैंसीबापत कर तिर्नुपरेपछि उनी गाविस सचिवसम्म पुगे । कानुनतः यसरी कर असुल्न नमिल्ने भए पनि सचिवले दुई सय रुपैयाँ तिर्न बाध्य बनाएको नागरिक दैनिकमा खबर छ ।
आन्तरिक आम्दानी बढाउने नाममा गाविसले जथाभावी कर उठाउँदा आफूहरु मर्कामा परेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय स्वायक्त शासन ऐन २०५५ मा गाविसले लिन पाउने करका ११ वटा शीर्षक प्रस्ट तोकिएको छ । घरजग्गा, मालपोत, हाटबजार-पसल, सवारीसाधन, प्राकृतिक स्रोतसाधनलगायतका शीर्षकमा गाउँ परिषद्को निर्णय गराएर मात्रै कर असुल्न सकिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?