+
+

मोदीको भ्रमण रद्द भएपछि जनकपुरमा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ४ गते १६:३७

४ मंसिर, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द भएको घोषणा हुनासाथ जनकपुरमा विरोध प्रदर्शन सुरु भएको छ ।
भ्रमण रद्द भएपछि स्थानीय युवाहरुले विहीबार बेलुका सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । स्थानीयको विरोधलाई साथ दिँदै एमाओवादी र मधेसवादी दल सम्मिलित २२ दलका नेताले शुक्रबार जनकपुर बन्दको घोषणासमेत गरेका छन् ।
नेपाल सरकारका कारण मोदीको जनकपुर भ्रमण रद्द भएको विपक्षी दलका नेताहरुले आरोप लगाउँदै सरकारको विरोधमा आन्दोलनको घोषणा गरेका हुन् ।
सरकारले जानकी मन्दिर परिसरमा मोदीको अभिनन्दन गर्ने तयारी गरिरहेका बेला एमाओवादी नेता रामचन्द्र झा र राकुमार शर्मासहित जनकपुरका विभिन्न नेता र सभासदहरुले बुधबार धनुषा जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरुको माग थियो, बाह्रबिघा मैदानमा मोदीलाई नागरिक अभिनन्दन गरिनुपर्छ ।
एमाओवादी र मधेसवादी दलका नेताले वीरगञ्जस्थित भारतीय काउन्सिलर अफिसमा समेत पुगेर मोदीले बाह्रविघा मन्दिरबाट सम्बोधन गर्न पाउनुपर्ने माग राखेका थिए । मन्त्री निधीले भने यसरी २२ दलका नेताहरुले काउन्सिलर कार्यालयमा निवेदन दिनु कूटनीतिक मान्यता विपरीत कार्य बताएका छन् ।
मोदी जनकपुर आउने भएपछि जनकपुरवासीहरु उत्साही देखिएका थिए । उनको स्वागतका लागि जनकपुरवासी उत्साही भएका र छिमेकी जिल्लाबाट पनि मानिसहरु जनकपुर आउन लागेका बेला भ्रमण स्थगित भएपछि जनतामा आक्रोश उत्पन्न भएको एमाओवादी नेताहरु बताउँछन् ।
तर, भारत सरकारले नै मोदीको भ्रमण स्थगन गरेका कारण नेपाल सरकारको विरोधमा जनकपुर बन्द गर्दैमा मोदी जनकपुर आउने सम्भावना देखिँदैन । तर, हाम्रा नेताहरुले आपसी विवाद र हुलदंगा नगरेको भए भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने निश्चित थियो ।
अब मोदी नआउने अवस्था आइसकेपछि एमाओवादी र मधेसवादी दलले भारतीय प्रधानमन्त्रीको समर्थनमा जनकपुर बन्दको घोषणा गरेर गलत काम गर्न लागेको एमाओवादीकै नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?