Comments Add Comment

अष्ट्रेलियामा प्रसंसा बटुले नितेशका छोटा फिल्मले

nitesh-1
काठमाडौ । ब्यबसायिक भनिएका फिल्मले नेपालमा राम्रो ब्यापार गर्न नसकेर के भयो त ? नेपाली निर्देशकद्धारा बनाइएका छोटा एवं लघु चलचित्रले विदेशी शहरमा राम्रै चर्चा पाएका छन् ।

नायक एवं निर्देशक नितेशराज पन्त निर्देशित छोटो चलचित्र ‘अण्डर द इमु स्काइ’ र ‘नीड’ अष्ट्रेलियाको डर्बिन शहरमा प्रदर्शन गरिएको छ । डार्बिन कम्युनिटी आर्टस थिएटरमा भएको छोटो चलचित्र प्रदर्शनीमा उपस्थित दर्शकले नितेशको फिल्म हेरेर निकै तारिफ गरे ।

nitesh-2

वाल मानोविज्ञानमा आधारित ‘अण्डर द इमु स्काइ’ हेरेर वालवालिकाले मनोरञ्जन लिएका थिए । अर्को फिल्म ‘नीड’ मा भने प्रेम, रोमान्स र भावनाको कुरा थियो । प्रवाशमा बसेका दम्पतिका ब्यस्त दैनिकीलाइ उक्त फिल्ममा प्रस्तुत गरेका थिए निर्देशक पन्तले ।

अष्ट्रेलियामै बसेर फिचर फिल्म निर्माणको तयारी गरिरहेका नितेशले यी छोटा फिल्मले आफुलाई मार्केटिङ गर्न सजिलो हुने प्रतिक्रिया दिए । सन्तोष पन्त निर्देशित टेलिचलचित्र ‘हिजो आजको कुरा’वाट चर्चामा आएका पन्त नेपालमा छँदा तन्नेरी पुस्ताका भरपर्दा निर्देशक मानिन्थे ।

nitesh-3

उनले निर्देशन गरेको ‘क्याटमाण्डु’ र ‘होष्टेल’ सिरियललाई नेपाली दर्शकले निकै मन पराएका थिए । राजेन्द्र शलभ निर्देशित ‘भन्नै सकिन’ मा नायकको रुपमा अभिनय गरेका नितेश अन्य फिल्ममा देखिएनन् ।

सन् २००६ मा अष्ट्रेलिया पुगेका नितेशले अमेरिकाको न्युयोर्क फिल्म एकेडमीवाट फिल्म मेकिङ सम्बन्धि नौ हप्ताको कोर्स पुरा गरेका छन् ।
तस्बिर: नितेशको फेसबुकवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment