Comments Add Comment

१२ वर्षे बालकको जिउ बन्यो चुम्बक

electric-shock1

स्कुलबाट घर फर्किनेक्रममा विजुलीको नांगो तारमा छोइएपछि करेन्ट लागेर पछारिँदा उनी गम्भीर घाइते भए र झण्डै उनको मृत्यु भएन । उनी बल्लतल्ल घर आए र आफुलाई करेन्ट लागेर पछारिएको आमालाई सुनाए । दुखेको तथा शक्तिहीन जिउ लिएर त्यो रात उनी सुते तर, अर्को दिन जब ब्युँझिए उनलाई आफ्नो सरीरमा अद्भुत शक्ति पैदा भएको महसुस भयो ।

रुसका १२ वर्षीय बालक निकोलाइ क्रियाग्लीचेन्कोले आफ्नो जिउमा पैसाको सिक्का टाँसिएको देखेपछि छक्क परे । तर पनि उनले त्यसलाई खासै वास्ता गरेनन् । जब बिहानको खाजा खानेक्रममा उनको छातिमा चम्चा टाँसियो तब भने उनलाई आफ्नो जिउमा ‘सुपर पावर’ रहेको अनुभुति भयो ।

electric-shock2

साँच्चीकै उनको जिउमा चुम्बकीय शक्ति छ र जिउमा सिक्का, चम्चा लगायतका वस्तु टाँसिन्छन् । आफ्नो जिउको शक्तिका कारण उनलाई सुरुमा त मज्जा लाग्यो । तर, अहिले भने कहिलेकाहीँ उनलाई आफ्नो त्यो चुम्बकीय क्षमता नै घाँडो बन्ने गरेको छ । आफुमा पहिले नभएको क्षमता अहिले पैदा भएको र आफुले अद्भुत काम गर्न सक्ने भए पनि कहिलेकाहीँ आफुले नचाहेको समयमा आफ्नो जिउमा वस्तुहरु आएर टाँसिदा दिक्क लाग्ने उनी बताउँछन् । एकपटक त उनको जिउले सिसा समेत तानेछ ।

यो क्षमताका कारण उनी अहिले स्कुलमा निकै चर्चित बनेका छन् । साथीहरुले उनलाई सुपरपावर देखाउन आग्रह गर्छन् । उनले सुपरपावर प्रदर्शन गर्ने मात्र होइन आफ्नो शक्ति बाँड्न समेत मिल्ने र आफुले अरु मानिसलाई समेत लाइभ चुम्बक बनाइदिने सक्ने उनको दाबी छ ।- डेलीस्टारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment