- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गाैतम
९ मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका सार्क राष्ट्रप्रमुख एवं सरकार प्रमुखलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार नेपालका सरकारी अधिकारीहरुले स्वागत गरेका छन् ।
उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह भीभीआइपीहरुको स्वागतमा स-पत्नी पालैपालो सहभागी भए । उपप्रधानमन्त्री वामदेव गौतमकी पत्नी तुलसा मगर राजनीतिक गतिविधिमा देखा पर्ने गरेकी भए पनि अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहको जोडी सार्वजनिक कार्यक्रममा यसरी विरलै देखिने गरेको थियो ।
विदेशी पाहुनाको स्वागतमा उपप्रधानमन्त्रीका साथै शिक्षामन्त्री चित्रलेखा यादव पनि देखिएकी थिइन् । प्रधान सेनापति पनि विमानस्थलमा देखएकिा थिए । नेपाल आएका मालदिभ्सका राष्ट्रपति अब्दुल यामिन गैयुम स-पत्नी भीभीआइपी कक्षमा देखिए पनि अन्य नेताहरु प्रथम महिलाविनै देखा परे ।
अघिल्लोपटक गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्न प्रधानमन्त्री सुशप्ल कोइरााल आफैं गएका थिए । त्यसबेला सूचना तथा सञ्चारमन्त्रीले प्रधानमन्त्री कोइरालालाई कुममा समातेर तानेपछि नेपालको कुटनीतिक दक्षतामाथि प्रश्न उठेको थियो ।
यसपालि भने नेपालले अतिथिको स्वागत सत्कारमा सकेसम्म कुनै कमी हुन नदिने प्रयास गरेको देखिएको छ ।
उपप्रधानमन्त्रीहरुले सरकारी आहोदामा नरहेकी पत्नीलाई समेत साथमा लिएर एयरपोर्टमा विदेशी पाहुनालाई स्वागत गरेका दृश्य निकै रोमाञ्चक देखियो ।
सबै पाहुनालाई नेपाली सेनाले सलामी अर्पण गर्यो । बाटोमा कडा सुरक्षा दिँदै सबै पाहनालाई सोल्टी होटलमा पुर्याइयो । श्रीलंकाका राष्ट्रपति भने विमानस्थलबाट सिधै लुम्बिनी भ्रमणमा निस्किए ।
विमानस्थलमा अनलाइनखबरका लागि श्रीधर पौडेल र बिकाश श्रेष्ठले खिचेका थप तस्वीरहरु
यी पनि पढ्नुहोस-
- तस्वीरमा सार्क प्रमुखहरुको स्वागत (फोटोकथा)
- सार्कका बेला सुनसान सडकमा जे देखियो (फोटो कथा)
- त्रिभुवन विमानस्थलमा कृष्णप्रसाद दम्पतीको कन्तबिजोग !
- नेपालको कुल व्यापार घाटाको ६७ प्रतिशत सार्क मुलुकसँग (विवरणसहित)
- पशुपतिमा ‘दारीवाल र सारीवाल’ माथि कडा निगरानी