+
+
Shares

रितेश–जेनेलियालाई पुत्रलाभ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १० गते १२:४२

rietsh and jeneliya
बलिउडका सुन्दर जोडी रितेश देशमुख र जेनेलिया डिसुजालाई पुत्रलाभ भएको छ । मंगलबार बेलुकी जेनेलियाले छोरालाई जन्म दिएकी हुन् । ट्विटरबाट रितेशले छोरा भएको जानकारी दिएका हुन् । सन् २०१२ मा बिहे गरेका यो जोडीलाई पुत्रलाभस“गै बलिउडका विभिन्न कलाकारले वधाई समेत दिएका छन् ।

महाराष्ट्रका मुख्य मन्त्री समेत भैसकेका विलारवा देशमुखका पुत्र रितेश देशमुखले बाबु बन्न पाएकोमा निक्कै खुशी लागेको जनाएका छन् । करिब ९ बर्ष लामो प्रेम सम्बन्धपछि रितेश र जेनेलियाले बिहे गरेका हुन् ।

यो जोडी हालै मात्र सलमान खानकी बहिनी अर्पिताको बिहे पार्टीमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?