Comments Add Comment

भीआईपी सवारीमा अवरोध गर्न खोज्ने सिके राउतका कार्यकर्ता पक्राउ

१० मंसिर, काठमाडौं । सार्कको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै हुलहुज्जत गर्न खोजेको आरोपमा प्रहरीले सुन्धारा क्षेत्रबाट ५९ भन्दा बढीलार्इ पक्राउ गरेको छ ।

स्वतन्त्र मधेश अभियन्ता सिके राउतका कार्यकर्ताले सार्क सम्मेलनमा सहभागी हुन आएका सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखको सवारीका बेला सुन्धारा क्षेत्रमा हुलहुज्जत गरेका थिए । उनीहरूले सार्क सम्मेलन उदघाटन समारोह भइरहेको राष्ट्रिय सभागृह पछाडि खुलामञ्चमा आमसभा गर्ने तयारी गरेका थिए ।

नेपालबाट मधेसलाई अलग गर्नुपर्ने अभियान चलाएको आरोपमा राज्य विप्लवको मुद्दा खेपिरहेका राउत विशेष अदालतमा ५० हजार रुपैया धरौटी बुझाएर मंसिर ८ गते रिहा भएका थिए ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्कीले दिउँसो र साँझ गरी ५० बढीलार्इ पक्राउ गरिएको बताए । ‘भीआपी सवारीका बेला सडकमा आउन खोज्नेहरूलार्इ पक्राउ गरिएको हो’ उनले अनलाइनखबरसँग भने-३२ जना छुटेका छन् ।’

दिउँसो पक्राउ परेका ३५ मध्ये ३२ जना छुटेका छन् । ३ जना प्रहरी हिरासतमा छन् । साँझ थप २४ जना पक्राउ रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment