Comments Add Comment

पोखरामा फोर्स मोटर्सको शो-रुम

Force-motors--Pokhara-Shoroom--1
काठमाडौं । भारतको प्रसिद्ध मोटर कम्पनी फोर्सले पोखरामा शो-रुम विस्तार गरेको छ । आयाम इन्टरकन्टिनेन्टलले पोखराको बुद्ध चोकमा फोर्स मोटर्सको शो-रुम सञ्चालनमा ल्याएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा र फोर्स मोटर्स इन्डियाका जनरल मेनेजर रविन्द्र पट्कीले बिहीबार शो-रुमको औपचारिक रुपमा समुद्घाटन गरे ।

फोर्स मोटर्सको सबैभन्दा बढी सिट क्षमता (१४ सिट) भएको ट्याक्स क्रुजर जीप, १० सिट क्षमता भएको ट्याक्स गामा जीप, कार्गो किङ्ग (सिंगल क्याब पिकअप) र बलवान ट्रयाक्टरहरु शो-रुमबाट बिक्री वितरण प्रारम्भ गरेको आयामका अध्यक्ष धु्रबबहादुर थापाले बताए ।

Force-motors-Shoroom-Pokhara-2

कार्यक्रममा फोर्स मोटर्स इन्डियाका जनरल मेनेजर रविन्द्र पटि्रक, आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष थापा, कम्पनीका प्रबन्ध निर्देशक राजन लम्साल, कम्पनीका पोखरा शाखाका प्रबन्धक निरन केसीलगायतले फोर्स मोटर्सका बारेमा जानकारी गराएका थिए ।

फोर्स मोटर्सको लाइट कमर्सियल भेहिकलतर्फको आधिकारिक विक्रेता तथा आयातकर्ताका रुपमा गत जुलाई २०१४ मा एजेन्सी प्राप्त गरेको आयामले यसअघि काठमाडौंको गैरीधारामा शो-रुम सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment