Comments Add Comment

चुरेमा गाईवस्तु चराउन निषेध

१३ मंसिर, काठमाडौं । ‘विजयसाल बचाई बी, पर्यटक भित्र्याई बी
जंगल हमरा बचाई बी, चरीचरन रोक के।’
गत साता कैलाली पुगेका राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनाललाई वाणी गाविसका मुक्त कमैयाले दुर्लभ रूख विजयसालमा लेखिएको यही गीत गाएर स्वागत गरे। विजयसाल जोगाउन खनाललाई आग्रह गर्दै स्थानीयले यसका तीन सय बिरुवा भएको जंगल पनि देखाए।chure hill

चुरे क्षेत्रको अवस्था अध्ययन गर्दै पूर्वपश्चिम यात्रा गरिरहेका खनाललाई वाणीका बासिन्दाले चरीचरन (गाईबस्तु चरन) रोकेर विजयसाल बचाएको घटनाले उत्साहित बनायो। ‘चरीचरन रोकेमात्रै जंगल बचाउन सकिन्छ भन्ने गीतको सारले मलाई हौस्यायो’, खनालले चुरे क्षेत्रमा चरीचरन रोक्ने अभियानबारे सम्झिए।

चुरे क्षेत्रको भ्रमणपछि खनाल समूह चुरे जोगाउन खुला गाईबस्तु चराउन निषेध गर्ने निष्कर्षमा पुगेको हो। ‘खुला चरीचरन रोकेर मात्रै चुरे जंगल बचाउन सकिन्छ’, खनालले भने। उपभोक्तासँगको छलफल र सुझावका आधारमा चरीचरन निषेध अभियान समितिले चुरे जोगाउन थालिसकेको छ। ‘तराई तथा चुरे क्षेत्रमा बसोबास गर्नेले खुला रूपमा पशु छोड्दा बन विनासमा मद्दत पुगिरहेको छ’, खनालले भने। कतिपय चुरे क्षेत्रमा महिनौंसम्म पशु छाड्ने पाइएको छ।
चुरेमा चरीचरन निषेधसँगै त्यस क्षेत्रमा बस्ने मानिसका लागि समितिले कृषि र पशुपालनको आधुनिक विकल्प अघि सारेको छ। चुरे क्षेत्रमा करिब ५० लाख मानिस बस्छन्। समितिले आफूसँग भएको ९९ करोड ३८ लाख रुपैयाँमध्ये पशुपालनमा सघाउन १३ प्रतिशत (करिब १३ करोड) छुट्ट्याएको छ। भू तथा जलाधार विभागअन्तर्गतका जिल्ला कार्यालय, कृषि तथा पशु सेवा कार्यालयको सहयोगमा चुरेमा नयाँ कार्यक्रम थालिएको जानकारी खनालले दिए। उनका अनुसार पशु कार्यालयहरूले पशुपालन र कृषिले आधुनिक कृषिमा सघाउनेछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment