+
+

सार्कका लागि ल्याइएका ३२ कार भारत फर्काइए

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते १७:२९

car-return-india

सलमान खान

१४ मंसिर, भैरहवा । अठारौं सार्क शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको प्रयोगका लागि भारतबाट ल्याइएका ३२ वटा कारहरु आइतबार बिहान पुनः भारत फर्काइएको छ ।

रुपन्देहीको सीमा नाका बेलहियाबाट नेपाल भित्रिएका कारहरु पुनः सोही नाकाबाट आइतबार बिहान ७ बजे भारत फर्काइएको इलाका प्रहरी कार्यालय बेलहियाका इञ्चार्ज प्रहरी निरीक्षक रविनबाबु रेग्मीले बताए ।

मर्सिडिज, बीएमडब्लु लगायतका कारहरुलाई मंसिर २ गते भारतीय चालकहरुले भारतबाट काठमाण्डौसम्म लगेका थिए ।

सार्क सम्मेलनको समापनपछि नेपाल प्रहरीले ती कारहरुलाई काठमाण्डौबाट स्कटिङ गरेर रुपन्देहीको सीमानासम्म पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?