रातो रानी फुले झैं साँझमा
तिमी फूल्यौ कलेजी माझमा
मनको रहर, कान्छीलाई घुमाउने
काठमाण्डौ सहर ।
गायक डेनी डेन्जोम्पाले गाएको यो गीतले झण्डै ३० बर्ष अगाडीको काठमाण्डौ शहरको बयान गर्दछ ।
तर, अहिले काठमाण्डौ भन्नासाथ मानिसको दिमाग आउने झट्ट आइहाल्छ यहाँको धूलो, धुवाँ, अबब्यस्थित ट्राफिक र फोहोरको डुंगुर ।
मानिसले सिर्जना गरेका यी बेथितीलाई बिर्सने हो भने काठमाण्डौ शहर डेनीले भने झैं प्राकृतिक र सांस्कृतिक हिसावले साँच्चै भब्य र बिशाल छ ।
काठमाडौं वरपर रहेका गणेश हिमाल लाङ्गटाङ्ग,लोत्से,माउण्ट मनास्लु र मकालुलगायतले काठमाण्डौ सुन्दरतामा सुगन्ध थपिदिएका छन् ।
काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि शिवपुरी, चन्द्रागिरि, दलचोकी, लाकुरीभञ्ज्याङ्ग, घम्पेडाँडा प्रख्यात छन् ।
हिन्दु धर्मालम्बीहरुको आराध्यदेव पशुपतिनाथ, पाटन दरवार स्क्वायर, वसन्तपुर दरवार र भक्तपुर दरवारका साथै वौद्ध धर्मालम्बीहरुको धार्मिक स्थलहरु बौद्धनाथ र स्वयम्भू स्तुपाहरुले काठमाडौंको सवै धार्मिक समुदायको आस्थाको केन्द्र बनाइदिएको छ ।
काठमाडौं शहरको रात्रीकालिन दृश्यावलोकनका लागि आन्तरिक तथा बाहृय पर्यटकहरुको आर्कषण बढ्दो छ । फलस्वरुप उपत्यका वरपरका हातीवन, घम्पेडाँडा लाकुरीभञ्ज्याङ्गलगायतका रिसोर्ट र होटलहरु सिजनमा खचाखच भरिएका हुन्छन् ।
काठमाण्डौ एउटा आधुनिक शहरका रुपमा आफुलाई रुपान्तर गर्ने प्रकृयामा छ । सडक फराकिला बनिरहेका छन, अग्ला बहुतले अपार्टपेन्ट र सपिङ मल र देशी बिदेशी स्वादका रेष्टुँराले काठमाण्डौको रहनसहन संस्कृतिमा बदलावको संकेत गरिरहेको छ ।
तस्वीरः अनलाइनखबर
प्रतिक्रिया 4