Comments Add Comment

बैंकले रेमिटान्स कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने

१५ मंसिर काठमाडौं । अब बैंकहरुले रेमिटान्सको करोबार गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ । यसअघि बैंकिङ कारोबारकै स्वीकृतिका अाधारमा रेमिटान्सको समेत कारोबार गर्दै आएका थिए ।

remitanceनेपाल राष्ट्र बैंकले आइतबार साँझ डेढ दर्जन शर्तसहितको परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो परिपत्र ९० दिनभित्र कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशनसमेत दिएको छ ।

परिपत्रअनुसार बैंकहरुले रेमिटान्स कारोबारका लागि राष्ट्र बैंकसँग ५ वर्षका लागि इजाजत लिनुपर्ने छ । इजाजतका लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

त्यसैगरी राष्ट्र बैंकले बैंकहरुले प्राप्त गरेको रेमिटान्स वितरण गर्दा रकम प्राप्त भइसकेपछि मात्र भुक्तानी दिनुपर्ने, विदेशी बैंकको बैंक ग्यारोन्टी भएको अवस्थामा भने सो सीमाले खाम्ने रकमसम्म भुक्तानी दिन पाइने छ व्यवस्था गरेको छ । अगि्रम भुक्तानी गर्न पाइने छैन ।

विदेशबाट प्राप्त रेमिटानस ग्राहकको खातामा नै जम्मा गर्नुपर्ने छ । ग्राहकलाई भुक्तानी दिँदा खातामार्फत भुक्तानी दिने व्यवस्था १ वर्षभित्र मिलाउनु पर्नेछ ।

बैंकले रेमिटान्स कम्पनीबाट अग्रिम भुक्तानीका रुपमा प्राप्त गरेको भएमा सो रकम बैंकिङ प्रणालीमार्फत परिवर्त्य विदेशी मुद्रामा नै नेपाल ल्याउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले आफूले पाउने कमिशन विदेशी मुद्रामा नै प्राप्त गर्नुपर्ने छ । बैंकको प्रधान कार्यालयले इजाजत लिएपछि शाखाले रेमिटान्सको कारोबार गर्न छुट्टै इजाजत लिनु पर्ने छैन ।

यो पनि हेर्नुहोस

बाणिज्य बैंकलाई रेमिट्यान्स कारोबारमा कडाइ गरिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment