+
+

निखिलसँग मिल्दै गर्दा रेखाको आर्यनसँग भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते ११:५४

rekha-thapa-and-aaryan
८ बर्ष लामो दुश्मनीलाई अन्त्य गर्दै नायक निखिल उप्रेती र नायिका रेखा थापा एकसाथ पर्दामा देखिदैछन् । चलचित्र ‘लुटेरा’मा रेखा र निखिलको यस्तो केमेष्ट्री देखिन लागेको हो ।

यता, नायिका थापा आफ्ना एक दुश्मनलाई साथी बनाउँदै गर्दा अर्का दुश्मन आर्यन सिग्देलसँग भने भिडन्त गर्दैछिन् । तर, यी दुइको भिडन्त पर्दामा मात्र हो ।

पौष २५ गते रेखा र आर्यनका चलचित्र एकसाथ हलमा लाग्ने लगभग पक्का छ । रेखा थापाको मुख्य भूमिका रहेको चलचित्र ‘तथास्तु’लाई आर्यन सिग्देलको मुख्य भूमिका रहेको चलचित्र ‘अलबिदा’ले चुनौती दिदै छ ।

यो भिडन्तलाई चलचित्र बजारमा रोचकताका साथ हेरिएको छ । यो बर्ष रेखाको आफ्नै होम प्रोडक्शनको चलचित्र ‘हिम्मतवाली’ हिट भयो । यता, आर्यनको पनि आफ्नो होम प्रोडक्शनको चलचित्र ‘नोभेम्बर रेन’का साथमा छवि ओझाको चलचित्र ‘लज्जा’ हिट भयो ।

रेखालाई उनी आफ्नो होम ब्यानर भन्दा बाहिर चल्दिनन् भन्ने आरोप पनि लाग्ने गरेको छ । यता, आर्यनका लागि एक्सनमा  जम्न ‘अलबिदा’को व्यापारले ठूलो फरक पार्ने छ । ‘अलबिदा’का कलाकार तथा निर्माता हसन खान आर्यनको एक्सनलाई दर्शकले मन पराउने दाबी गर्छन् ।

जे भएपनि, नेपाली चलचित्र नगरीका दुई चल्तीका दुश्मन स्टारको भिडन्तले मिडियामा बज त पाएकै छ, दर्शकमा पनि कौतुहलता उत्पन्न गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?