+
+

छापामार शैलीमा कार्यक्रम गर्न वादलको उर्दी

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते १५:३७

KIRAN-AND-BADAL-FINAL१५ मंसिर, काठमाडौ । पार्टी विभाजनको दुई वर्षमै दुई चिरा भएपछि नेकपा-माओवादीले नेता नेत्रविक्रम चन्द विप्लवभन्दा बढी क्रान्तिकारी देखाउने तयारी गरेको छ ।

पार्टी विभाजन भएको दुई वर्ष नाघ्दासमेत पार्टीले क्रान्तिकारी कदम चाल्न नसकेको भन्दै पार्टी सचिव विप्लव झण्डै एक तिहाइ केन्द्रीय नेताहरुसहित अलग्गिएपछि वैद्य माओवादी आफूलाई क्रान्तिकारी देखाउन कडा संघर्षको कार्यक्रम गर्ने तयारी गरेको हो ।

पार्टीले क्रान्तिकारी योजना ल्याउन नसकेको भन्दै अलग्गिएका विप्लव समूहले पार्टीको बदनाम गर्ने भएपछि वैद्य माओवादी संविधान जारी गर्ने समय माघ ८ भित्रै कडा संघर्ष गर्ने गरि कार्यकर्ताहरुलाई प्रशिक्षणहरु दिन थालेको छ ।

‘हामीले क्रान्ति नगर्ने, विद्रोह नगर्ने भनेका छैनौं,’ आइतवार वैद्य माओवादीको नेवा राज्यस्तरीय कार्यकर्ता भेलामा महासचिव रामबहादुर थापा ‘बादलले भने,-‘यो रमाइलो र कुनै खेलौना होइन, सोच विचारले अघि बढ्नुपर्छ ।’

संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने दावी गर्दै बादलले संविधानसभा ध्वस्त गर्न आक्रामक ढंगले अघि बढ्न कार्यकर्ताहरुलाई हौस्याए । उनले संविधानसभा ध्वस्त पार्न छापामार तरिकाले आन्दोलन गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए । ‘छापामार तरिकाले आन्दोलन गर्दा जेल परिन पनि सक्छ,’ उनले भने, ‘हामीले जेल लाइन डेभलप गर्नुपर्‍यो ।’

पार्टीको राष्ट्रिय भेलापछि देशैभरि समानान्तर सत्ताको अभ्यास गरिने पनि बादलले बताए । उनले आफ्नो पार्टीले तयार गरेको नयाँ नेपालको खाका पनि छिट्टै सार्वजनिक गरिने बताए । अब सवैतिरबाट आन्दोलन चर्किने महासचिव बादलले स्पष्ट पारे ।

माघ ८ गते संविधान जारी हुन नसक्ने र संविधान जारी हुन नसकेपछि सरकार ढल्ने वादलको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?