Comments Add Comment

धुर्मुससँग दीपाको यस्तो पोज, अब किन चाहियो दीपक ?

dipa-dhurmus-lila
कलाकार दीपाश्री निरौला एक सफल निर्मात्री हुन् भन्ने कुरा आज आयोजना भएको एक कार्यक्रममा देखियो । अधिकांश कार्यक्रममा अर्का कलाकार दीपकराज गिरीसँग पुग्ने दीपाले आज त्यसो गरिनन् ।

दीपा आफ्ना सहकर्मी कलाकार सिताराम कट्टेल‘धुर्मुस’सँग पुगिन् । नयाँ चलचित्र ‘वडा नम्बर ६’को प्रचार सुरुवात यो जोडीले यही कार्यक्रमबाट नै ग¥यो । दीपाले दीपक नभएको फाइदा उठाउँदै धुर्मुससँग विभिन्न पोजमा फोटो खिचाइन् । यतिमात्र होइन, न्यूज मेकरका लागि सिपालु दीपा र सितारामले नयाँ लिला पनि देखाए ।

दीपालाई सितारामले जुरुक्क बोके र एकछिन फोटाका लागि पोज दिए । मोटाउँदै गएकी दीपालाई बोक्नु सितारामका लागि सहज थिएन, तर उनले केही समय बल गरे ।

दीपालाई बोक्दै गर्दा सिताराम भन्दै थिए–‘अब यती भएपछि दीपकको के काम’ ? चलचित्रका अर्का कलाकार दयाहाङ राइसँग पनि दीपाले तस्बिर खिचाउन भ्याइन् । उनलाई थाहा थियो गसिप र न्यूज मेकिङ । तर, पनि सिताराम र दीपाको लिला भने रमाइलो नै थियो । dipa-and-dhurmus

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment