+
+

शाहरुख र म विच मित्रता छैन : सलमान

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १६ गते १०:५१

Sarukh-and-salman

मुम्बइ । सलमान खानकी बहिनी अर्पिता खानको बिबाहमा सलमान खान र शाहरुख खानविच गहिरो दोस्ती भएको समाचार आएको थियो । तर, ‘बिग बोस ८’ को एक एपिसोडमा सलमानले यस ‘मित्रता’को खवरलाई गलत सावित गरिदिएका छन् ।

आफ्नो फिल्म ‘एक्सन ज्याक्सन’ को प्रमोशनका लागि पुगेकी अभिनेत्री सोनाक्षी सिन्हालाई जब सलमानले प्रश्न गरे- अमिर खान, सलमान खान र शाहरुख खान मध्ये मनपर्ने हिरो कुन हो ?

स्पष्ट जवाफ नदिएर सोनाक्षीले भनिन् ‘तपाइको शाहरुख खानसँग दोस्ती सुरु भयो …। सोनाक्षीको कुरा सकिन नपाउँदै सलमानले विचमा थपे ‘होइन । हाम्रो कुनै त्यस्तो मित्रता सुरु भएको छैन ।’

यो भनाईले अहिले बलिउड तातेको छ । सलमानकी बहिनीलाई एकसाथ अंकमाल गर्दै चुमेका यी दुई खानले के नाटकमात्र गरेका थिए ? सलमानले त्यस्तो केही मित्रता छैन भन्नुको अर्थ त्यो सब फिल्मी मसला थियो त ?

फिल्मको प्रमोशनका लागि रियालिटी शो मा पुगेर फिल्मका विषयमा कुरा गर्ने र कलाकारको सम्बन्धहरुवारे चर्चा गर्ने शैली पुरानै हो बलिउडमा ।

पछिल्लो समय शाहरुख र सलमानले झगडै गर्नुपर्ने त्यस्तो कुनै कारण छैन । तशर्थ सलमानले ‘शाहरुखसंग मेरो मित्रता छैन’ भन्नुको अर्थ कतै कार्यक्रमको टिआरपी बढाउने मेसो त हैन भन्ने पनि चर्चा सुरु भएको छ ।

अघिल्लो हप्ता पहिलो स्थानमा पुगेको बिगबोस यसपाली दोस्रो स्थानमा झरेको छ भने पहिलाकै स्थानमा पुर्‍याउनका लागि कार्यक्रममा सहभागीले गतिलै संघर्ष गर्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?