+
+

यौनधन्दामा संलग्न श्वेता अब स्क्रिप्ट कन्सल्टेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १६ गते ११:१०

Sex-racket

मुम्बइ । झण्डै एक महिनाअघि हैदरावादमा यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीद्धारा पक्राउ परेकी अभिनेत्री श्वेता बसु अहिले स्क्रिप्ट कन्सल्टेन्ट भएकी छिन् । यौन धन्दा चलाएको अभियोगमा प्रहरीद्धारा पक्राउ परेकी श्वेताले प्रहरीको सामु आफुले वाध्यताले नभएर रहरले यौनधन्दा सुरु गरेको बताएकी थिइन् ।

हैदरावादमा रहेको एक पाँच तारे होटलमा उच्चघरानियाहरु सँग यौन कार्य गर्दा गर्दै उनी पक्राउ परेकी थिइन् । केही दिन हिरासतमा रहेकी श्वेताले आगामी दिनमा यौनधन्दामा संलग्न नहुने वाचा गरेकी थिइन् ।

‘स्क्रिप्ट कन्सल्टेन्ट’ को कामवाट पनि आफुले आनन्द लिइरहेको बताइन । ‘नयाँ काम, नयाँ अफिस छुट्टै खालको रमाइलो छ ।’ श्वेताले भनेकी छिन् ।

विभिन्न एजेन्सीहरुले उल्लेख गरे अनुसार अहिले श्वेतालाई बलिउडकै एउटा प्रतिष्ठित प्रोडक्सन हाउसले स्क्रिप्ट कन्सलटेन्टको काम दिएको हो । जुन प्रोडक्सन हाउसका सञ्चालक अनुराग कश्यप, विकास बहल र विक्रमादित्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?