+
+

हाँस्य कलाकार देवेनको निधन

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १६ गते ११:३२

deven-varma
मुम्बई । पुराना जमानाका प्रसिद्ध हाँस्य कलाकार देवेन बर्माको ७८ वर्षको उमेरमा निधन भएको छ । मुटुको समस्याबाट पिडित उनको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बर्मा निर्माण र निर्देशनमा समेत सक्रिय थिए । सन १९६१ मा यश चोपडा निर्देशित फिल्म ‘धर्मपुत्र’ वाट उनको फिल्मी करिअर सुरु भएको थियो ।

उनले १४९ भन्दा बढी फिल्ममा काम गरेका छन् । गोलमाल, अंगुर,खट्टा मिट्ठा, नास्तिक, रंग बिरंगी दिल और जुदाइ उनले अभिनय गरेका मध्ये चर्चित फिल्म मानिन्छन् ।

बेशर्म लगायत केही फिल्मको निर्देशन समेत गरेका छन् उनले । चोरी मेरा काम, चौर के घर चोर र अंगुरवाट उनले सर्वोत्कृष्ठ हाँस्य कलाकारका लागि फिल्मफेयर अवार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?