+
+

एनएमबि र क्लिन इनर्जी बैंक गाभिने, चैतमा एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १६ गते १९:३९

Nmb and clean energy bank१६ मंसिर काठमाडौं । एनएमबि बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई बैंकका सञ्चालकले मर्जर सम्झौतामा भएको हस्ताक्षर आदान प्रदान गरे ।

यसअघि गत असोज १३ गते एनएमबि, पूर्वाञ्चलको पाथिभरा विकास बैंक र पश्चिमाञ्चलको भृकुटी विकास बैंक मर्ज हुने सम्झौता भएको थियो । मर्जपछि बैंकको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी हुनेछ ।

मर्जपछि बैंकका कूल ६७ शाखा, ३८ एटीएम र ७ एक्सटेन्सन काउन्टर हुने एनएमबिका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बताए । आगामी चैत मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको पौडेलले बताए ।

मर्जपछि बैंकको कूल पुँजी तथा जगेडा कोष ५ अर्ब ४८ करोड पुग्ने छ भने ४२ अर्ब ४४ करोड रुपैयाँ निक्षेप र ३३ अर्ब ९७ करोड रुपैयाँ कर्जा हुने छ ।

NMB BANK
सानो भएर बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले मर्जरमा जानु परेको पौडेलले बताए । ‘केही समयपछि विदेशी बैंकका शाखा आउलान, उनीहरुसँग प्रतिस्पर्धा गर्नु छ’ उनले भने -यस हिसाबमा अहिले मर्ज भएर ठूलो हुनु उपयुक्त हो ।

क्लिन इनर्जी बैंकको संभाव्यता अध्ययन गर्दा नै एनएमबी बैंकको संलग्नता रहेको उनले स्मरण गरे ।

प्राविधिकरुपमा मर्जर सजिलो भए पनि मर्ज भइसकेपछि संस्थालाई सबल बनाउन भने चुनौति रहेको पौडेलले बताए । ‘मर्जपछि कर्मचारी तथा सञ्चालकहरुको व्यक्तिगत स्वाथ्र्य गौंड हुनुपर्छ’ उनले भने -म यो बैंकमा कसैलाई पनि विभेद हुन दिने छैन ।

nmb and klin marge (5)

संयुक्त मर्जर समितिका संयोजक कमलेश अग्रवालले जलस्रोतमा लगानी बढाउने उद्देश्यले क्लिन इनर्जी बैंकसँग मर्जरको सम्झौता भएको बताए । उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले सन २००६ मा स्थापना भएको बैंकले हालसम्म २ अर्ब रुपैयाँ उर्जा क्षेत्रमा लगानी गरेको छ ।

मर्जर कमिटिका सदस्य तथा क्लिन इनर्जी बैंकका सञ्चालक लक्ष्मीप्रसाद श्रेष्ठले सम्झौताले आफूहरुलाई उत्साहित बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?