+
+

नेपालको चुच्चे नक्सा समावेश नगरेमा चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : महर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १२:२३

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चीनले प्रकाशित गरेको नक्सामा नेपालकोे चुच्चे नक्सा समावेश नगरेप्रति कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

चीनले त्रुटिपूर्ण व्यवहार गरेको भन्दै महरले कूटनीतिक नोट पठाएर नेपालको चासो राख्नुपर्ने बताए । चीनले अहिले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग नराख्नुले सीमा समस्या रहेको कुरा स्वयं चीनको व्यवहारबाट देखिएको बताए । भूगोल र जनसंख्यामा मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबैको समान हुने नेता महरले बताए ।

कांग्रेसका भातृ संस्था महिला संघ, तरुण दल र नेविसंघका नेताहरू भएको छलफलमा उनले भने चीनको पछिल्लो कार्यले नेपालीको चित्त दुखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?