+
+

विप्लवले एजेन्डा बिनाको पार्टी बनाए -देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १८ गते १०:३१

dev-gurung

१८ मंसिर, बुटबल । नेकपा-माओवादीका सचिव देव गुरुङले नवगठित नेकपा माओवादी एजेन्डा बिनाको पार्टी भएको आरोप लगाएका छन् ।

कपा-माओवादीले बुटबलमा गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले एजेन्डा बिनाको पार्टीको कुनै अर्थ नभएको र यसले राजनीति नगर्ने बताए ।

विप्लपको स्पष्ट अडान र एजेन्डा नभएकाले उनी कम्युनिष्ट नभएको गुरुङको भनाई छ । विप्लवले पदका लागि पार्टी खोलेको भन्दै गुरुङले भने-‘पदका लागि पार्टी फुटाउँदै हिँड्दा कम्युनिष्ट आन्दोलन नै धरापमा पर्ने स्थिति पैदा भयो ।’

पार्टीभित्रका आन्तरिक विवादका कुरा पार्टीभित्रै बहस तथा छलफल गरेर समाधान गर्न सकिने उनले बताए ।

नेता गुरुङले एमाओवादी अध्यक्ष प्रचण्डले आत्मआलोचना गरे पार्टी एकीकरण गर्न नसकेपनि धेरै विषयमा सहकार्य गर्न सकिने बताएका छन् ।

कपिल ज्ञवालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?