Comments Add Comment

युवराजसँगै वीरेन्द्र र हरभजन भारतको विश्वकप टीममा परेनन्

Yuvraj-Singh

१८ मंसिर, काठमाडौं । अगामी विश्वकपका लागि भारतको सम्भावित टीममा युवराज सिंह परेनन् ।

अघिल्लो विश्वकपमा भारतीय टीममा हिरो रहेका युवराजसँगै वीरेन्द्र सहवाग, जहिर खान, गौतम गाम्भीर र हरभजन सिंह टीममा परेनन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डको चयन समितिले सम्भावित ३० खेलाडीको सूची सार्वजनिक गरेको छ ।

विश्वकप आगामी फेब्रुअरीमा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुनेछ ।

२०११ को विश्वकपको फाइनलमा श्रीलंकालाई हराउँदै भारतले विश्वकप जितेको थियो । भारतीय टीममा सचिन तेन्दुलकर पनि थिए । उनले सन्यास लिइसकेका छन् ।

भारतीय सम्भावित टीममा महेन्द्र सिंह धोनी, शिखर धवन, रोहित शर्मा, अजिक्न्या रहाणे, रोबिन उथप्पा, विराट कोहली, सुरेश रैना, अम्बाटी रायडू, केदार जाधव, मनोज तिवारी र मनिष पाण्डे छन्।

यस्तै वुद्धिमान साहा, सन्जु, आर अश्विन, परवेज रसूल, करण शमार्ँ, अमित मिश्रा, रविन्द्र जडेजा, अक्षर पटेल, इशान्त शर्मा, भुवनेश्वर कुमार, मोहम्मद सामी, उमेश यादव, वरुण एरोन, धवल कुलकर्णी, स्टुअर्ट बिन्नी, मोहित शर्मा, अशोक डिन्डी, कुलदीप यादव र मुरली विजय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment