+
+
Shares

आज महिला स्वास्थ्य स्वयंसेविका दिवस

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १९ गते ११:४६

mahila-health

१९ मंसिर, काठमाडौं । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवा, स्वस्थ समाजका लागि टेवा’ भन्ने नारा सहित शुक्रबार ११ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी बिभिन्न कार्यक्रम गरि मनाइदै छ ।

यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ ।

सरकारी तथ्यांक अनुसार गाविस र नगरपालिकाका हरेक वडामा कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा ५२ हजार महिला स्वयमसेविका कार्यरत छन् ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

दिवसको अवसरमा सरकारले उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट स्वयंसेविकालाई सम्मान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?