Comments Add Comment

ममताको भुमिकामा सन्नी लियोन्

sunny mamata
मुम्बई । नब्बेको दशककी चर्चित अभिनेत्री ममता कुलकर्णीको जीवनमाथी बन्ने फिल्ममा सन्नी लियोनले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् ।
ममताको जीवनमाथी फोटोग्राफर जयेश सेठले फिल्म बनाउने भएका छन् भने मुख्य भुमिकाका लागि सन्नीलाई अनुबन्ध गराएका छन् ।
जयेशको भनाइअनुसार ममता र सन्नीको अनुहारमा समानता छ, दुबैको अनुहारमा मादकता र ग्ल्यामर छ ।
जयेश सेठ तिनै फोटोग्राफर हुन् जसले ९० को दशकमा एक पत्रिकाका लागि ममताको टपलेस तस्विर खिचेका थिए । हालै मात्र ममता र उनका श्रीमान कीनिया ड्रग्स तस्करीको अभियोगमा पक्राउ परेका थिए ।
ममताले आशिक आवारा, सबसे बडा खिलाडी, बाजी, करण अर्जुन क्रान्तीबीर लगायतका फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment