+
+

गढीमाईको ‘बिभत्स दृष्यले’ प्रधानमन्त्री मर्माहत

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २० गते १६:११

pm-susil

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बाराको गढीमाई मन्दिरमा हजारौं पशुबली दिइएको दृष्यटले आफू मर्माहत भएको बताएका छन् ।

अखण्ड नेपाल पार्टीले बलीप्रथा रोक्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कोइरालाले क्रुरतापूर्वक बली दिइने कुराले आफू आहत भएको बताएका हुन् ।

‘प्रधानमन्त्रील यस प्रकारको बिकृतिबाट आहत भएको र अझ गढीमाई मन्दिरमा देखिएको बिभत्स दृश्यबाट अत्यन्त मर्माहत भएको बताउनुभयो’ अखण्ड नेपाल पार्टीका प्रवक्ता डा. प्रदिप ढकालले भने ।

कोइरालाले बली प्रथा विरुद्ध आफ्नो पार्टीले चलाएको अभियानलाई समर्थन जनाउदै यस्तो विकृति रोक्न पहल गर्ने आश्वासन दिएको उनले बताए ।
संविधानसभा सदस्य समेत रहेका अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै यो विभत्स बलीप्रथाले देश अझै जंगली युगमा रहेको झझल्को दिएको बताएका थिए ।

उनले आफ्नो पार्टीले धर्मका नाममा हुने यस्ता प्रथा रोक्न देशव्यापी जनचेतना अभियाच चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?