Comments Add Comment

नेपालमा कुन देशबाट कति रेमिटान्स आउँछ ? (र्हेनूहोस ग्राफमा)

पुष्प दुलाल

२० मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७०/०७१ मा विभिन्न मुलुकबाट नेपालमा ४ खर्ब २८ अर्ब २० करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार यस अवधिमा मलेसियाबाट सबैभन्दा बढी अर्थात १ खर्ब ९ अर्ब ९२ करोड ७२ लाख रुपैयाँ रेमिटान्स भित्रिएको छ । यो देशभित्र भित्रिएको कूल रेमिटान्सको २५ प्रतिशत हो ।

राष्ट्र बैंकले हालै सार्वजानिक गरेको तथ्यांकअनुसार बढी रेमिटान्स भित्र्याउने दोस्रो मुलुकको सूचीमा साउदी अरब छ । साउदीमा रहेका नेपाली कामदारले गत वर्ष ८५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ नेपाल पठाएका छन । तेस्रो स्थानमा कतार छ । कतारबाट गत वर्ष ७२ अर्ब २ करोड रुपैयाँ रेमिटान्स आएको छ ।

Remitance in Nepal

त्यसैगरी, संयुक्त अरब इमिरेट्स (दुबई) बाट ५३ अर्ब ५५ करोड २ लाख र अमेरिकाबाट ४५ अर्ब २९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

जापानबाट १६ अर्ब ३४ करोड १२ लाख, बहराइनबाट १० अर्ब ८० करोड ५९ लाख, कुवेतबाट ७ अर्ब २४ करोड ६० लाख, बेलायतबाट ५ अर्ब ८० करोड ८४ लाख, क्यानडाबाट १ अर्ब ६७ करोड २४ लाख, कोरियाबाट १ अर्ब ४६ करोड ३१ लाख, अष्ट्रेलियाबाट ९८ करोड ५० लाख, लेवनानबाट ७४ करोड ७१ लाख, इजरायलबाट ५० करोड ४७ लाख र अन्य मुलुकबाट १६ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

नेपाल भित्रिएको कूल रेमिटान्समध्ये रेमिट्यान्स कम्पनीहरुबाट २ खर्ब ६५ अर्ब ३३ करोड ६१ ल्ाख रुपैयाँ र वाणिज्य बैंकहरुबाट १ खर्ब ६२ अर्ब ८७ करोड २७ लाख रुपैयाँ भित्रिएको छ ।

त्यसैगरी, मनि चेञ्जर कम्पनीबाट ११ अर्ब ६४ करोड, ट्रेकिङ एजेन्सीबाट ७ अर्ब ५ करोड, होटलमार्फत ३ अर्ब ६४ करोड ७७ लाख, ट्राभल एजेनसीमार्फत १ अर्ब ८१ करोड ४४ लाख र अन्यबाट ३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० मुलुक खुला गरेको छ । जसमध्ये मलेसिया, कतार, साउदी अरव, युईए र कुवेत लगायतका मुलुकमा अदक्ष तथा अर्धदक्ष कामदारको हिस्सा बढि हुने गरेको छ ।

(यसअघि अरब, कतार जाने कामदारका बिषयमा भुलबस अन्य शब्द पर्न गएकोमा क्षमाप्राथी छौं-सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment