+
+

बैंकर्सको रात्री भोजमा जे देखियो (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २० गते १४:५४

b1

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको २८ औं साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षका लागि पौडेलको मात्रै उम्मेद्धारी दर्ता भएपछि संघको शुक्रबार बसेको साधारणसभाले उनलाई निर्विरोध निर्वाचित गरेको हो । यसअघि उनी उपाध्यक्ष थिए । संघले नवनिर्वाचित कार्यसमितिको स्वागतमा शुक्रबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रात्रीभोज गरेको छ ।

unnamed3
नवनिर्वाचित अध्यक्ष पाैडेल (बीचमा)

मेगा बैंकका सिईओ अनिल शाह र ग्लोवल आइएमइका सिइओ रत्नराज ब्रज्राचार्य उपाध्यक्षमा निर्वाचित भए ।

mahaparsed adhakari, nrb
निर्वाचित कार्यसमितिलार्इ बधार्इ दिँदै राष्ट्र बैंकका डेपुटी गभनर्र महाप्रसाद अधिकारी

संघको कार्यसमिति सदस्यहरुमा नबिल बैंकका सीईओ अनिल ज्ञवाली, बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठ, एनबी बैंकका ज्ञानेन्द्र ढुंगाना, सिभिल बैंकका किशोर महर्जन, राष्ट्रिय वाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पीजे सिलभानुस र सानिमा बैंकका भुवन दाहाल रहेका छन् ।

unnamed 1
बायाँबाट क्रमश: पूर्व अध्यक्ष अशोक राणा, वर्तमान उपाध्यक्ष अनिल शाह र निवर्तमान अध्यक्ष राजनसिंह भण्डारी

यसअघि सिटिजन बैंकका सिइओ राजनसिंह भण्डारी संघको अध्यक्ष थिए ।

unnamed5unnamedunnamed4 unnamed7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?