Comments Add Comment

पशुपति दर्शन गर्न सोनाक्षी सिन्हा नेपाल आउने

sonakshi-sinha
मुम्बइ । सलमान खानसँग हिन्दी फिल्म ‘दबंग’ मा काम गरेर चर्चामा आएकी अभिनेत्री सोनाक्षी सिन्हा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भएकी छिन् ।

सोनाक्षी अभिनित फिल्म ‘एक्सन ज्याक्सन’को विषेश प्रदर्शनपछि जुम टिभीको प्लानेट बलिउड कार्यक्रमसँग कुरा गर्दै उनकी आमा पुनमले सोनाक्षी नेपाल आउन लागेको जानकारी दिएकी हुन् ।

धार्मिक स्वभावकी सोनाक्षी अभिनेता सत्रुघन सिन्हाकी छोरी हुन् । आउँदो क्रिशमसको छुट्टीमा उनी नेपाल आउने तयारी छ ।

पछिल्लो समय बलिउडका कलाकार नेपाल आउनेक्रम निकै बढेको छ । मंसिर २७ गले कपिल शर्मा र सोनु निगम काठमाडौ आउने भएका छन् भने पछिल्लो तीन महिनाको अवधिमा सुस्मिता सेन, रबिना टण्डन, अक्षयकुमार, आमिर खान लगायत थुप्रै कलाकार नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment