Comments Add Comment

सौरमसँग चोखो माया माग्दै अकेषा(भिडियो)

zindagi-rocks
वास्तविक जीवनमा समेत एक अर्काको निकट रहेका मोडलद्धय अकेषा बिष्ट र सौरमराज तुलाधर चलचित्रको पर्दामा पनि प्रेममा डुबेका छन् । पौष १८ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘जिन्दगी रक्स’को ‘चोखो माया’ बोलको गीतमा दुई कलाकारको प्रेम आभाष देख्न सकिन्छ ।

कमल खत्री र श्रेया सोताङको आवाजमा समावेश यो गीतमा कमलकै शब्द तथा संगीत छ । निकेस खड्काको निर्देशनमा बनेको यो चलचित्रमा ऋचा शर्मा, सोनम पाख्रिन, राजेन्द्र खड्गी लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रलाई प्रेम, रोमान्स, कमेडी र सस्पेन्सको मिश्रण भनिएको छ । म्यूजिक भिडियोमा सफल मानिएका कलाकारदेखि निर्देशकसम्मलाई यो चलचित्र अग्निपरिक्षा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment