Comments Add Comment

एनसेलको सुपरनेट इन्टरनेटमा ५० प्रतिशत छुट

२३ मंसिर, काठमाडौं । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाका लागि सुपरनेट नामक योजनालाई सहज बनाएकोे छ । जसअन्तर्गत ग्राहकले अब पहिलो एमबीबाटै ५० प्रतिशत छुट पाउनुका साथै थप इन्टरनेट  प्रयोग गर्दै जाँदा १ रुपैयाँमा प्रतिएमबी इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

Ncell-Data-packसरलीकृत सुपरनेट यहि मंसिर २३ गतेबाट शुरु भई तीन महिनासम्म लागु हुने कम्पनीले जनाएको छ ।

यसमा इन्टरनेट भोल्यूमलाई जम्मा ३ वटा ब्लकमा विभाजन गरिएको छ । कम्पनीका अनुसार ग्राहकले जति इन्टरनेट  प्रयोग गर्दै जान्छन्, त्यहि अनुपातमा इन्टरनेटको मूल्य पहिलेको भन्दा कम हुँदै जानेछ ।

प्याकबीना इन्टरनेट चलाउँदा प्रत्येक एमबी इन्टरनेटको शुल्क ६ रुपैयाँ लाग्दै आएकोमा अब नयाँ सुपरनेटमा ग्राहकले ० देखि २० एमबीसम्म ३ रुपैयाँ प्रति एमबीको दरमा इन्टरनेट चलाउन सक्नेछन् ।

थप इन्टरनेट प्रयोग गर्दा २० एमबी देखि १०० एमबी २ रुपैयाँ प्रति एमबीका दरले र सय एमबी भन्दा माथिमात्र १ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न पाउनेछन् । कम्पनीका अनुसार यी दरहरु कर वाहेक हुन् ।

एनसेलका प्रपेड ग्राहकले १७१०३ डायल गरि सुपरनेटमा निःशुल्क सहभागी हुन सक्नेछन् । इन्टरनेट प्रयोगको गणना गर्दा सुपरनेटमा सहभागी भएको दिनदेखि ३० दिनसम्म प्रयोग गरेकोे भल्युमलाई लिने कम्पनीले जनाएको छ । ३० दिन पश्चात नयाँ गणना शुरु हुनेछ ।

‘सुपरनेटको छुट र सुलभ दरले प्याक विनै डेटा चलाउन रुचाउने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ’ एनसेलकी कर्पोरेेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन्- ‘प्याक लिने ग्राहकले ३० पैसा प्रति एमबी (कर वाहेक) सम्म इन्टरनेट चलाउन सक्ने व्यवस्था यथावत छँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment