Comments Add Comment

८ बर्षे निर्देशकको चलचित्रले भिजायो आँखा

gajit-bista-family
८ बर्षको उमेरमै चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा लागेका नव–निर्देशक सौगात बिष्टको चलचित्र ‘लभ यू बाबा’को प्रिमियर गरिएको छ ।

काठमाण्डौमा गरिएको प्रिमियर शो हेर्न चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती थियो । सानै उमेरमा निर्देशक बनेका सौगातका बारेमा चलचित्र क्षेत्र भित्र नै विभिन्न खालका टिप्पणी, प्रशंसा र आलोचना भएका थिए । ८ बर्षको निर्देशकले चलचित्र निर्देशन गर्नै सक्दैन भन्ने कुराहरु पनि नसुनिएका होइनन् ।

तर, वुधबार चलचित्र हेरिसकेपछि भने धेरै जना एउटा भ्रमबाट मुक्त भए । पहिलो पाटोमा दर्शकलाई हसाँएको चलचित्रले दोश्रो पाटोमा रुवाएको छ । पारिवारिक चलचित्र ‘लभ यू बाबा’का अधिकांश दृश्यहरु मन छुने छन् । एउटा बाबुले छोरीलाई कती हदसम्म माया गर्छ र उसको लागि के गर्न सम्म पछि पर्दैन भन्ने कथालाई निर्देशक बिष्टले आकर्षक तबरले बुनेका छन् । ashisma-nakarmi

चलचित्रका केही दृश्यमा निर्देशकको बचपना पनि झल्केको छ । तर, चलचित्रको दोश्रो पाटो हेर्दै गर्दा हलमा धेरै चलचित्रकर्मी र पत्रकारका आँखा रसाए । संझना पोख्रेलको निर्माणमा बनेको चलचित्रमा संगम बिष्ट, गजित बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा, वसन्त भट्ट लगायतका कलाकारको अभिनय छ ।

satya-sworup-family
गायक सत्य–स्वरुप आचार्यले आफूहरु बाल–कलाकार संगम बिष्टको फ्यान भएको बताउँदै थिए । संगमको अभिनयको सबैले खुलेर तारिफ गरेका छन् । यो चलचित्र भोली शुक्रबारबाट देशभरका हलमा लाग्दैछ । चलचित्रलाई बच्चादेखि बुढासम्म सबैले रुचाउँने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment