+
+
Shares

सिनेमाघरको कोसेली : ‘लाज शरणम्’देखि ‘मायावी’सम्म, घरमै बसेर हेर्नुहोस् यी ८ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिनेमाघरले दसैंको पूर्वसन्ध्यामा ‘दसैं–तिहार मुभी मेला’अन्तर्गत ८ वटा नेपाली फिल्म रिलिज गरेको छ।
  • सिनेमाघरमा ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ स्ट्रिमिङमा उपलब्ध छन्।
  • दर्शकले सिनेमाघर एप, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस, क्रोमकास्ट र वेब ब्राउजरमार्फत चलचित्र हेर्न सक्नेछन्।
  • सिनेमाघरले आफ्ना दर्शकका लागि फोरके स्ट्रिमिङ सुविधा पनि उपलब्ध गराएको छ।

तपाईं दसैं–तिहारको फुर्सदमा फिल्म हेर्नुहुन्छ? त्यो पनि उच्च गुणस्तरमा? त्यसो हो भने ‘सिनेमाघर’ राम्रो विकल्प हुन सक्छ। सिनेमाघरले दसैंको पूर्वसन्ध्यामा ८ वटा नेपाली फिल्म रिलिज गरेको छ। अनि नाम दिएको छ, ‘दसैं–तिहार मुभी मेला ’।

नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले यस्तो सौगात ल्याएको हो । यसअन्तर्गत दर्शकले विभिन्न नेपाली चलचित्र घरमै बसेर डिजिटल माध्यमबाट हेर्न सक्नेछन् ।

सिनेमाघरले सार्वजनिक गरेको पोस्टरअनुसार ‘ह्रस्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ अहिले स्ट्रिमिङमा उपलब्ध छन् ।

प्रविधिमैत्री बन्दै गएको सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट चलचित्र हेर्न सकिने व्यवस्था मिलाएको छ । गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट ‘सिनेमाघर’ एप डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा चलचित्र हेर्न सकिन्छ ।

त्यस्तै, ठूलो स्क्रिनमा चलचित्र हेर्न चाहने दर्शकका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसमा समेत सिनेमाघर एप प्रयोग गर्न सकिनेछ । मोबाइलबाट क्रोमकास्टमार्फत टिभीमा सामग्री हेर्न सकिने सुविधा पनि प्लेटफर्मले उपलब्ध गराएको छ। कम्प्युटर प्रयोगकर्ताले वेब ब्राउजरमार्फत समेत चलचित्र हेर्न सक्नेछन् ।

दर्शकलाई अझ उच्च गुणस्तरको दृश्य अनुभव दिने उद्देश्यले सिनेमाघरले आफ्नो प्लेटफर्ममा फोरके  स्ट्रिमिङ सुविधा पनि राखेको छ ।

नेपाली चलचित्रलाई डिजिटल माध्यममार्फत विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले सिनेमाघरले पछिल्ला वर्षहरूमा निरन्तर काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?