Comments Add Comment

बिप्पा सम्झौता गर्न चीनलाई पत्राचार

२५ मंसिर, काठमाडौं । भारतसँग द्धिपक्षीय व्यापार सम्झौता बिप्पा गरिसकेको नेपालले अब विश्वकै पहिलो अर्थतन्त्र बनेको चीनसँग पनि बिप्पा गर्ने भएको छ ।

chin nepalबिप्पाका लागि परराष्ट्रमन्त्रालय मार्फत् बिहीबार चीन सरकारलार्इ पत्राचार गरिएको उद्योग मन्त्री महेश बस्नेतले बताए । चीन विश्वको पहिलो अर्थतन्त्र बने लगत्तै विप्पा सम्झौताका लागि पत्राचार गरिनु चाहिँ संयोगमात्र रहेको उनले बताए ।

उद्योगमन्त्रालयका सह-सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि मस्यौदा पठाएको थियो ।

चीन सरकारले पठाएको सो मस्यौदा विभिन्न मन्त्रालयबीच आन्तरिक छलफल भएपछि उद्योगमन्त्री बस्नेतले हस्ताक्षर गरी परराष्ट्रमन्त्रालय मार्फत् पठाइएकोे हो ।

यसअघि नेपालले वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) गरिसकेको छ ।

“हालसालै भारतसँग गरिएको विप्पा मोडेलमा चीन सरकारले पठाएको मस्यौदालाई परिमार्जन गरि पठाएका छौँ, चीनबाट के कस्तो प्रतिक्रिया आउछ त्यस बमोजिम प्रक्रिया अघि बढ्छ”- सह-सचिव न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment