+
+

सबैका घरमा वेद राख्नु पर्‍यो : आर्य समाज

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २५ गते १५:४४

aarya-samaj-nepal

२५ मंसिर, काठमाडौं । नेपाल आर्य समाजले अब बन्ने संविधानमा कुनै पनि किसिमका धार्मिक सम्प्रदायले स्थान पाउन नहुने माग गरेको छ । समाजले वेदको सन्देश एवम् वैदिक धर्मको प्रवर्द्धन तथा प्रचार प्रसार गर्नुपर्ने समेत स्पष्ट पारेको छ ।

विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले देशमा चारै वेदको पवित्र सन्देशले सम्पूर्ण देशवासीहरु पूर्णरुपमा अवगत हुनपर्ने, सबैका घरमा चारै वेदका ग्रन्थहरु राखिनुपर्ने र तिनको स्वअध्ययन गरिनुपर्ने माग राखेको हो ।

समाजका अध्यक्ष कमलाकान्त आत्रेयले वेद ईश्वरीय वाणी भएको भन्दै वेदमा भनिएअनुसारको आचरण गर्ने हो भने देशमा सुख, शान्ति र समृद्धिको वर्षा हुने दाबी गरे ।

समाजले आगामी मंसिर २७ र २८ गते काठमाडौंमा राष्ट्रिय वैदिक आर्य एवम् चुर्वेद शतकम् महायज्ञ गर्ने समेत जानकारी दिएको छ । सम्मेलनमा नयाँदिल्लीबाट अन्तराष्ट्रिय आर्य महासम्मलेनका मुख्य संयोजक राजसिंह आर्य पनि उपस्थिति हुने समाजले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?