+

वर्षायाममा सागपात खाँदा सावधानी अपनाउनैपर्छ ?

२०८१ जेठ  ७ गते ७:०० २०८१ जेठ ७ गते ७:००
वर्षायाममा सागपात खाँदा सावधानी अपनाउनैपर्छ ?

स्वास्थ्यका लागि खानपानको मुख्य भूमिका हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व विभिन्न खानेकुराबाट प्राप्त हुन्छ । स्वस्थ रहन हरियो सागसब्जीको भूमिका महत्वपूर्ण हुन्छ । हरियो सागपातमा भिटामिन, खनिज पदार्थ जस्ता पोषक तत्त्व पाइन्छ । तर वर्षायाममा हरियो सागपात कम खानु भनिन्छ । यसो भन्नुको पछाडि विभिन्न कारण हुन्छन् ।

वर्षायाममा पानी तथा खानेकुराहरु फोहोर हुने र हावामा ओस बढ्ने गर्छ । यस मौसममा कीटाणु र ब्याक्टेरिया शरीरमा प्रवेश गरी बिरामी बनाउने सम्भावना पनि धेरै हुन्छ ।

सागपात रोगको कारण नभई माध्यम हो

हरियो सागपात प्रायः पानी जमेको ठाउँ वरपर फल्छन् । वर्षामा उच्च आर्द्रताका कारण यस्ता ठाउँ धेरै प्रकारका ब्याक्टेरिया, भाइरस, फङ्गस, कीरा र अन्य जीवको वृद्धिका लागि उपयुक्त हुन्छन् । वर्षातमा सूर्यको किरण नहुँदा उनीहरू बढी सक्रिय रहन्छन् ।

यो मौसममा हरियो सागपात वर्षाको पानीको सम्पर्कमा आएका कारण विभिन्न कीटाणुको सम्पर्कमा आएर चाँडै बिग्रिन पनि थाल्छ । यी सूक्ष्म जीवहरू नाङ्गो आँखाले देख्न सकिंदैन । साथै वर्षातको मौसममा सागपातमा आँखाले देख्न नसकिने जुकाको अण्डा पनि विकास हुन्छ ।

सागपात माटोको सतहमा हुने भएकोले माटोमा हुने विभिन्न कीटाणु तथा अन्य जनावरको सम्पर्कबाट आउने कीटाणु हुने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा त्यस्ता सागपातलाई राम्ररी सफा नगरी,  काँचै खाँदा शरीरमा प्रवेश गर्छन् ।

हामीले खाएको खानामा यदि जुकाको अण्डा रहेछ भने पेटमा पुगेर वयस्क जुकाको रुपमा परिवर्तन हुन्छन् । तिनीहरुले बाँच्न आन्द्रामा टाँसिएर रगत चुस्दा शरीरमा रगतको कमी हुनसक्छ । त्यसले गर्दा कालान्तरमा रक्तअल्पता हुनसक्छ ।

साथै वर्षायाममा यी दूषित सागपात खाँदा पेटसम्बन्धी रोग पनि लाग्न सक्छ । खानाको माध्यमबाट शरीरमा पुग्ने कीटाणुहरू खाने नली पेट रगत हुँदै दिमागसम्म पनि पुगेर विभिन्न स्वास्थ्य समस्या निम्ताउन सक्छ ।

वर्षातको मौसममा सागपात खाँदा स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्ने कुरा व्यक्तिको अवस्थामा भर पर्छ । यदि व्यक्ति वयस्क र स्वास्थ्य छन् भने उनीहरूको रोगप्रतिरोधात्मक क्षमता राम्रो छ भने उनीहरूमा समस्या नहुन सक्छ । तर मधुमेह, मिर्गौलाको समस्या, क्यान्सर लगायत दीर्घ स्वास्थ्य समस्या भएका व्यक्तिहरूको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा उनीहरूले यस्ता सागपात खाँदा संक्रमणको जोखिम बढी हुने भयो ।

ध्यान दिनुपर्ने कुरा

वर्षायाममा सागपात खाँदै नखाने भन्ने होइन । वर्षातको मौसममा हरियो सागसब्जी पकाउँदा र खाँदा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

कुनै पनि खानेकुरा कति समय पकाउने वा कसरी पकाउने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । हरेक खानेकुरा पकाउने खास विधि र तौरतरिका हुन्छन् । उचित ढंगले निश्चित समयसम्म पकाएको खानेकुरामा भएको कीटाणुहरू मर्छ ।

कीटाणुलाई मार्न हामीले सागपातलाई लामो समयसम्म पकाउने हो भने त्यसमा रहेका पोषक तत्त्व नष्ट हुन्छ यो कुरामा पनि ध्यान दिनुपर्छ । यस्ता खानेकुराले पेट त भरिन्छ तर शरीरलाई फाइदा पुग्दैन । त्यसैले हरिया सागसब्जी पकाउने सबैभन्दा राम्रो उपाय भनेको उसिन्नु हो । सागसब्जीलाई उसिनेर पकाउँदा यस्ता खानेकुरा छिटो पाक्नुका साथै यसमा भएका पोषक तत्त्व समेत नष्ट हुन पाउँदैन ।

उदाहरणका लागि हरियो पातदार तरकारीहरू पकाउनुअघि तातो पानीमा धुनुपर्छ । यसका अलावा काँचो सलाद खानुको सट्टा बाफ आउने गरी उसिनेर खानुहोस् । यसले तिनीहरूमा रहेको ब्याक्टेरिया र कीराहरू हटाउँछ । साथै वर्षायाममा बाहिर रेस्टुरेन्टमा पनि सागसब्जी नखानु नै राम्रो हुन्छ ।

आफ्नै बारीमा तथा करेसा बारीमा सागपात फलाउने हो भने रासायनिक मलको प्रयोग कम गर्नुपर्छ । यसो गरियो भने रसायनको कारण स्वास्थ्यमा पर्ने असर पनि कम हुन्छ ।

डा. विवेक पौडेल वर्षायाम हरियो सागपात
लेखक
डा. विवेकराज पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी