+
+

विश्वविद्यालयले बिरालोलाई किन दियो साहित्यमा विद्यावारिधिको उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते ७:१२

विश्वमा घरपालुवा जनावरहरुको महत्व झनै बढिरहेको छ । एउटा कुकुरले ओस्कार अवार्ड समारोह तथा कान्स फिल्म फेस्टिवलमा रेड कार्पेटमा पोज दिइरहेको देखेपछि अब एउटा बिरालोले साहित्यमा विद्यावारिधिको गरेको खबर सुन्नुपरेको छ ।

म्याक्स डाँव नामक उक्त बिरालोलाई अमेरिकाको भर्मोन्ट स्टेट विश्वविद्यालयस्थित क्यासल्टन क्याम्पसले पिएचडीको उपाधि प्रदान गरेको हो ।

उक्त बिरालोलाई उक्त उपाधि उसले मुसा मारेको वा सुतेको आधारमा दिइएको होइन । क्यासल्टन क्याम्पसले बिरालोलाई उसको मित्रवत् व्यवहारका कारण सम्मानस्वरुप मानार्थ विद्यावारिधिको उपाधि दिएको हो ।

क्याम्पसको मुख्य गेट नजिकैको घरमा बस्ने म्याक्स विद्यावारिधि गरेसँगै क्याम्पसमा थप आकर्षणको केन्द्र बनेको छ ।

धेरैजसो क्याम्पसभित्रै समय बिताउने म्याक्सले आफ्नो मित्रवत् व्यवहारका कारण क्याम्पसमा आवतजावत गर्ने सबै मानिसहरुको ध्यान आफूतर्फ खिच्ने गरेको छ ।

म्याक्स कैयन् वर्षदेखि क्याम्पसका विद्यार्थी, शिक्षक तथा अन्य कर्मचारीसँगै क्याम्पसको हल तथा पुस्तकालय लगायतमा डुल्ने गरेको छ ।

म्याक्सका मालिक एस्ले डोका अनुसार उनको घरपालुवा बिरालो विद्यार्थीहरुसँग भेट्ने ध्याउन्नमा वर्षौं पहिलेदेखि नै क्याम्पसमा आउन सुरु गरेको थियो । उसलाई कोही मानिसले हातले उचालेको, सँगै खेलेको तथा क्याम्पसको कार्यक्रममा सहभागी गराएको निकै मन पर्दछ ।

विद्यार्थीहरुसँग कहाँ र कहिले भेट्ने भन्ने उसलाई जानकारी हुन्छ । क्याम्पसका सबैले म्याक्सलाई चिन्दछन् । ऊ सबैसँग खेल्नमा रुची राख्दछ। यहाँसम्म कि सेल्फीका लागि समेत पोज दिन्छ ।

विश्वविद्यालयले आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै म्याक्स कैयौं वर्षदेखि विश्विद्यालयको परिवारको सदस्यको रुपमा रहेको जनाएको छ ।

विश्वविद्यालयको नियमित दीक्षान्त समारोहमा म्याक्स उपस्थित नहुने र उसका लागि छुट्टै कार्यक्रमको आयोजना गरेर विद्यावारिधिको उपाधिले विभूषित गरिने बताइउको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?