Comments Add Comment

पर्यटन बोर्डका प्रवन्धक अनिल दासलाई निलम्बन गर्न अख्तियारको निर्देशन

NTB-Building२५ मंसिर, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका कर्पाेरेट सेवाका निमित्त निर्देशक अनिल दासलाई पदबाट निलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
अख्तियारको छानविनको क्रममा रहेका नेपाल पर्यटन बोर्डबाट निलम्बित भएका तत्कालिन कायममुकायम कार्यकारी प्रमुख सुभाष निरौलाको भ्रष्टाचारबारे अनुसन्धान भइरहेका बेला कर्पोरेट सेवाका प्रबन्धक दासलाई सोही सेवाको निमित्त निर्देशक बनाइएको भन्दै बिहीबारदेखि नै लागू हुने गरी निलम्बन गर्न अख्तियारले संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाएको छ ।

बोर्ड आव २०६८/०६९ देखि ०७०/०७१ सम्ममा संचालन गरिएका भनिएका बिभिन्न कार्यक्रमसंग सम्बन्धित बिल भरपाईमा अनियमिता गरेको भेटिएकोले थप प्रमाण नष्ट गर्न सक्ने भन्दै अख्तियारले दासलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

साढे ९७ लाख दाखिला

नेपाल पर्यटन बोर्डका ३७ जना स्थाई तथा १२ जना करार कर्मचारीहरुको पेश्की वापतको एक करोड १६ लाख ५४ हजार मध्ये साढे ५२ लाख बोर्डको बैंक खातामा दाखिला भएको छ ।

कर्मचारीले लिएको पेश्की रकम कार्यक्रम सम्पन्न भएको ३५ दिन भित्र फर्छौट गर्नुपर्ने भए पनि फर्छौट नभएको भन्दै पत्र पठाएको थियो ।  पर्यटन बोर्डमा भएको अनियमितताबारे अख्तियारले अनुसन्धान जारी राखेको पनि अख्तियार प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment