+
+

रंगशालामा हुने कपिल शर्माको कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते ७:५९

kapil sharma 2

२७ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने कार्यक्रम स्थगित गर्न आदेश दिएको छ ।

एनसेलको आयोजनामा अाज शनिबार रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखिएको थियो ।

तर, कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले अनलाइनखबरसँग भने-सुरक्षाका कारण कार्यक्रम स्थगित भएको हो ।’

जिल्ला सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै कार्यक्रम माघ ८ गते पछि मात्र गर्न भनेको छ ।

साथै १३ हजारभन्दा बढी टिकट विक्री भएको तथा रंगशालाको निर्माण सामाग्री पनि यत्रतत्र राखिएकाले पनि सुरक्षा संवेदनशीलतालार्इ हेरेर कार्यक्रम स्थगित गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले अनलाइनखबरसँग बताए ।

एनसेलका कर्पोरेट सम्वाद विज्ञ मिलनमणि शर्माले पनि स्थानीय प्रशासनले मौखिक रुपमा कार्यक्रम स्थगित गर्न भनेको अनलाइनखबरसँग बताए । उनले भने-‘हामीलाई अबेर मात्र जानकारी दिइएको छ । अझै लिखित दिइएको छैन । हजारौं ग्राहकसँग जोडिएको विषय भएकाले हामीले केही निर्णय गरेका छैनौं । जे हुन्छ छिट्टै जानकारी गराउँछौं ।’

एनसेलले एक सूचना जारी गर्दै सरकारले सुरक्षाको कारणा देखाएर कार्यक्रम स्थगत गर्न लगाएकाले ग्राहकको सुरक्षा अाफ्नो पहिलो प्राथमिकता भएको भन्दै पर्पलफेष्ट कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

एनसेल डाटा लिर्इ पर्पलफेष्टकाे पास लिएका ग्राहकले मंसिर २७ देखि  पुस ३० सम्ममा काठमाडाैं उपत्यका तथा बनेपाकाे एनसेल सेन्टरबाट अाफ्नो पैसा फिर्ता लिन सक्ने एनसेलले जनाएको छ ।

कपिलसँगै भारतीय चर्चित गायक सोनु निगम र नेपाली कलाकारहरुले पनि प्रस्तुत राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?