+
+

सातामा २० अंकले बढ्यो नेप्से, वाणिज्य बैंकले उछाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २७ गते १४:५४

Bull stock२७ मंसिर काठमाडौं । यो नेप्से परिसूचक १९.७५ अंकले बढेर ८ सय ७०.६३ अंकमा पुगेको छ । साताभरमा १ सय ६३ कम्पनीका २२ लाख १७ हजार कित्ता सेयर ८० करोड २१ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा १.३३ प्रतिशत बढी हो ।

गत साता १ सय ५७ कम्पनीका २० लाख ३२ हजार कित्ता सेयर ७९ करोड १७ लाख रुपैयाँमा किनबेच भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.३९ अंकले बढेर १८६.७३ अंकमा आइपुगेको छ ।

पहिलो दिनको तुलनामा अन्तिम दिन वाणिज्य बैंक समूहको सूचक २८.६७ अंकले बढेको छ । वाणिज्य बैंकको सूचकमा आएको वृद्धिसँगै समग्र नेप्सेको सूचक उछालेको हो । समूहगत सूचकतर्फ जलविद्यूत ५३ र होटल ३१ अंकले बढेका छन । बीमा समूह १३ अंकले घटेको छ । त्यसबाहेक अन्य समूहहरु झिनो अंकले मात्रै बढेका छन ।

यो साता कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । साताभरमा सोल्टीको ६ करोड २ लाख ८० हजार रुपैयाँको कारोबार भयो । कारोबार भएको सेयर संख्याका आधामा सिद्धार्थ लगानी वृद्धि योजना अग्र स्थानमा छ । उसको २ लाख ६२ हजार कित्ता सेयर कारोबार भयो । त्यसैगरी कारोबार संख्या -४७३ वटा) को आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ ।

 कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनीहरु

क्र.सं. कम्पनीको नाम कारोबार रकम रु. (दशलाखमा)
सोल्टी होटल 60.28
नेपाल लाइफ इन्स्योरेन्स 57.4
चिलिमे हाइड्रोपावर कम्पनी 45.52
नेसनल लाइफ इन्स्योरेन्स 31.12
एनआइसी एसिया बैंक 28.54
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?